
अपडेट
काठमाडौं, साउन २९ । सिरिया कुर्दिस र अरब लडाकूले उत्तरी मन्बिज सहर इस्लामिक अतिवादी समूह ‘आइएस’को कब्जाबाट स्वतन्त्र भएको जनाएका छन् ।
सहर स्वतन्त्र भएसँगै आइएस लडाकू युरोप जाने मार्ग पनि बन्द भएको जनाइएको छ ।
टर्कीसँग सीमा जोडिएको मन्बिज स्वतन्त्र भएपछि स्थानीयले खुसियाली मनाएका छन् ।
अमेरिकी सहयोग पाएका गठबन्धन मिलिसियाले सहरबाट आइएसलाई धपाउन ७३ दिन लगाएका थिए । उनीहरुले मानवढालकारुपमा प्रयोग गरिएका दुई हजार सर्वसाधरणलाई पनि मुक्त गरेका छन् ।
आइएसले दुई वर्षअघि मन्बिजमा कब्जा जमाएको थियो ।
अमेरिकी अधिकारीहरुले मन्बिजपछि अब गठबन्धन रक्का सहरतर्फ अगाडि बढ्ने जनाएका छन् ।
२ लाख ५० हजारदेखि ५ लाख जनसंख्या रहेको अनुमान गरिएको रक्कामा आइएसले विगत दुई वर्षदेखि नियन्त्रण जमाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्