१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भीमेश्वर मन्दिरको दानपेटिका फोरेर रकम चोरी


0
Shares

दोलखा, साउन २८ । दोलखाको भीमेश्वर मन्दिरमा राखिएको दान पेटिकामा संकलित रकम चोरी भएको छ ।

गएराति दान पेटिका फोरेर रकम चोरी भएको हो । शुक्रबार बिहान सरसफाई तथा नित्य पूजाका क्रममा हेर्दा दान पेटिका फोरिएको अवस्थामा भेटिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।

कति रकम चोरी भयो भन्ने यकिन भने हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

करिब दुई महिनादेखि दान पेटिका नखोलिएकाले ठूलै रकम चोरी भएको हुनसक्ने आशंका गरिएको छ ।