
काठमाडौं, साउन २७ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ ।
आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा छ । ९ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ ।
ओलम्पिक सुरु भएदेखि नैं पदक तालिकाको शिर्ष दुई स्थानमा रहेका चिन र अमेरिकाले एक अर्कालाई प्रतिस्थापन गरिरहेका छन् ।
एथ्लेटिक्सका खेलहरु सुरु भएपछि चिनलाई छोडेर अमेरिका अघि लाग्ने विश्वास गरिएको छ । पाँचौ दिनसम्म आईपुग्दा ६ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा छ ।
रुस, दक्षिण कोरिया, हंगेरी र अष्ट्रेलियाले ४-४ वटा स्वर्ण पदक जितेका छन् । ईटाली र बेलायतले ३-३ स्वर्ण जित्दा फ्रान्स र थाईल्याण्डले २-२ वटा स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा हालसम्म ५१ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । ओलम्पिकमा आज विभिन्न ११ खेलमा स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्