११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अस्पतालको प्रसूतिवार्डमा आगलागी, ११ नवजात शिशुको मृत्यु


0
Shares

काठमाडौं, साउन २६ । इराकको राजधानी बग्दादस्थित यारुर्मुक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा ११ नवजात शिशुको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार मंगलबार अबेर राति सहरको पश्चिममा रहेको अस्पतालको प्रसूतिवार्डमा आगो सल्किएको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगोले पोलेर र धुँवामा अरु निसास्सिएर १९ जना बिरामी परेका छन् ।

सो वार्डमा रहेका ७ जना शिशु र २९ जना महिलालाई अर्को अस्पतालमा सारिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विद्युत् शर्ट भइ आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । (एजेन्सी)