७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्पतालमा भर्ना


0
Shares

काठमाडौं, साउन २६ । वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि पोखरेल मंगलबार राति १ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई आईसीयु भर्ना गरेर अब्जरभेसनमा राखिएको अस्पतालले जनाएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनमा गम्भीर समस्या भने नदेखिएको चिकित्सकहरुले बताएका छन् । उनको थप परीक्षण भइरहेको बताइएको छ ।