१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


युरोपियन सुपर कपको उपाधि रियाल मड्रिडले जित्यो


0
Shares

काठमाडौं, साउन २६ । युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियाल मड्रिडले जितेको छ ।

मंगलबार राति भएको खेलमा आफ्नै राष्ट्रको सेभियालाई अतिरिक्त समयमा हराउँदै रियाल मड्रिडले उपाधि उचालेको हो ।

युएफा सुपर कप फुटबलमा अघिल्लो सिजनको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताले खेल्ने व्यवस्था छ । रियाल मड्रिड च्याम्पियन्स लिग विजेता हो भने सेभिया युरोपा लिग विजेता हो ।

मंगलबार रातिको खेलमा सेभियाविरुद्ध रियाल मड्रिडका मार्को एनेन्सियोले पहिलो गोल गरे । तर यसपछि सेभियाका भाज्क्वेज र कोनोप्लिङ्काले एक–एक गोल गर्दै सेभियालाई अग्रता दिए ।

ईन्जुरी समयमा सर्जीयो रामोसले एक गोल गर्द रियाल मड्रिडलाई पराजित हुनबाट जोगाए । यसपछि थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा रियालका डानी कार्भायलले एक गोल गर्दै रियाललाई विजयी गराएका हुन् ।

जितसँगै रियाल मड्रिडले नयाँ सिजनको फुटबलमा पहिलो उपाधि हात पारेको छ ।