१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकको पदक तालिकामा अमेरिका र चीनबीच प्रतिस्पर्धा


0
Shares

काठमाडौं, साउन २६ । रियो ओलम्पिकको चौथो दिनसम्म पदक तालिकामा चीन र अमेरिकाको प्रतिस्पर्धा चलिरहेको छ ।

पदक तालिकामा कहिले अमेरिका शीर्ष स्थानमा उक्लिँदैछ भने कहिले चीनले विस्थापन गर्दैछ । अहिलेसम्म ९ वटा स्वर्ण पदक जितेको अमेरिका शीर्ष स्थानमा छ । ८ स्वर्ण पदकका साथ चीनले उसलाई पछ्याइरहेको छ ।

४-४ वटा स्वर्ण पदक जितेका हंगेरी र अष्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । रुस, ईटाली, दक्षिण कोरिया र जापानले ३-३ वटा स्वर्ण पदक जितेका छन् ।

यसैगरी फ्रान्स र थाईल्याण्डले २÷२ वटा स्वर्ण पदक जित्दा बेलायत, जर्मनी, ब्राजिल, स्विडेन, चाईनिज ताईपेई, बेल्जियम, ग्रिस, नेदरल्याण्ड्स, अर्जेन्टिना, कोलम्बिया, क्रोएसिया, कोसोभो, स्लोभेनिया र भियतनामले एक–एक वटा स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा सहभागी २ सय ७ राष्ट्रमध्ये हालसम्म ४७ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

रियो ओलम्पिकमा आज विभिन्न १० खेलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । यी १० खेलहरु क्यानोईङ, साईक्लिङ, डाईभिङ, फेन्सिङ, जिम्न्याष्टिक, जुडो, रोविङ, शुटिङ, पौडी र भारत्तोलन रहेका छन् ।