
काठमाडौं, असार २६ । मनाङका कार्यरत पत्रकार नवीन लामिछाने लमजुङमा सम्मानित भएका छन् ।
पुरानोकोट पर्यटन प्रबद्र्धनको आयोजनामा गरिएको बृत्तचित्र प्रदर्शनमा ऐतिहासिक पुरानोकोट गाउँलाई संचार माध्यमबाट प्रचार प्रसार गर्न सहयोग गरेको भनी उच्च कदरका साथ उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रम्ख अतिथी बेसीशहर नगरपालिकाका मेयर गुमानसिङ अर्यालले पुरानोकोट (एक चिनारी) बृक्तचित्रको ल्यापटपमा ईन्टर बटन थिचेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै लमजुङ जिल्लाको पर्यटन सम्भावनाले भरिएको पुरानोकोट गाउँ नेपालकै एउटा शाहबंशीय इतिहास बोकेको स्थल हो ।
प्राकृतिक सुन्दरताले भरिएको यो गढीको जङ्गलमा बोटानिकल गार्डेन निर्माण एवं तारेभिर रकक्लाईमिङको उचित प्रचार प्रसार गरेको भन्दै पत्रकार नवीन लामिछानेकोे मुक्तकण्ठले प्रशंसा समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस,लमजुङका सभापति भेषबहादुर पौडेल, नेपाली काँग्रेस क्षेत्र नं.२का सभापति बृषराज गुरुङ, रेडियो लमजुङका स्टेशन मेनेजर रामजी राना, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवीनराज कुईकेल, नेपाल पत्रकार महासंघ, लमजुङका अध्यक्ष आश गुरुङ, नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, बेसीशहर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष लालविर गुरुङ साथै वडा नं.५का वडा अध्यक्षले शुभकामना मन्तव्य राखे ।
बृत्तचित्रका लेखन यम बहादुर गुरुङ(ओम),स्वाराङकन दिपक समीर,छांयाङकन प्रद्युम्न मिश्र तथा निर्देशन स्वयं लामिछानेले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्