११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यी हुन् विश्वका पाँच धनाढ्य राष्ट्रप्रमुख


0
Shares

काठमाडौं, साउन २५ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिन विश्वकै सबैभन्दा धनी राष्ट्रपति हुन् । उनको व्यक्तिगत सम्पत्ती ४ हजार करोड डलर रहेको बताइन्छ । उनी विगत तीन वर्षदेखि फोर्ब्सको सूचीमा विश्वकै धनी राष्ट्राध्याक्षका रुपमा रहँदै आएका छन् ।

पुटिनको विभिन्न स्थानमा गरी २० वटा घर छन् । त्यसमध्ये सरकारी जमिनमा बनाइएको एउटा घर सर्वाधिक महँगो रहेको छ । ‘पुटिन प्यालेस’ नामको यो घर करिब एक सय करोड डलर मूल्यको छ ।

पुटिन घडीका पनि सौखिन छन् । उनले लगाउने घडीको मूल्य उनको वार्षिक पारिश्रमिकभन्दा पनि बढी हुने गर्दछ । सन् २००९ मा पुटिनले एक कामदारलाई ५ हजार पाँच सय पाउण्ड मूल्यको घडी उपहार दिएका थिए ।

रुसका तीन प्रमुख आयल ट्रेडिङ कम्पनीमा पुटिनको सेयर छ । यसको मूल्य २७ बिलियन पाउन्ड रहेको बताइन्छ ।

विश्वका दोस्रो धनी राष्ट्रप्रमुखमा थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको नाम आउँछ । उनको कुल सम्पत्ती तीन हजार करोड डलर रहेको बताइन्छ । उनको सम्पत्ती सम्हाल्नका लागि एउटा छुट्टै टिम छ । क्राउन प्रोपर्टी ब्यूरो नामको यो संस्थाले उनको सम्पत्ती रेखदेख गर्दछ । उनको सम्पत्तीमा कुनै प्रकारको कर लाग्दैन ।

तेस्रो नम्बरमा ब्रुनाइका सुल्तान हसन बोलकियाको नाम विश्वका धनी राष्ट्रप्रमुखमा आउँछ । उनको कुल सम्पत्ती दुई हजार करोड डलर रहेको बताइएको छ । १८ हजार कोठा भएको उनको घर विश्वकै सबैभन्दा ठूलो घरका रुपमा चिनिन्छ । ग्यास र आयल रिसोर्सेज उनको कमाइको मूख्य माध्यम हो । उनीसँग सुनको लेप भएको रोल्स रोयस कार छ ।

साउदीका नरेश सलमान बिन अजिज पनि विश्वका धनी राष्ट्राक्ष्यमा पर्दछन् । उनीसँग १८ सय करोड डलरको सम्पत्ती रहेको बताइन्छ ।

धन सम्पत्तीको आधारमा युएईका राष्ट्राध्यक्ष खलिफा बिन जायद पनि कम छैनन् । विश्वको पाँचौं धनी राष्ट्रप्रमुखमा रहेका उनीसँग १५ सय करोड डलरको सम्पत्ती छ । (एजेन्सी)