१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकमा आज तीन नेपाली खेलाडीको ‘अग्निपरीक्षा’, कसको खेल कति बजे ?


0
Shares

काठमाडौं, साउन २५ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा आज नेपालका तीन खेलाडीको अग्नि परीक्षा हुँदैछ ।

आर्चरीतर्फ जितबहादुर मोक्तानले दोस्रो चरणको खेलमा भारतका अतनु दाससँग खेल्दैछन् ।

खेल नेपाली समय अनुसार आज साँझ ५ वजेर २१ मिनेटमा सुरु हुनेछ । मोक्तानले आर्चरीको ७० मिटर व्यक्तिगत रिकर्भतर्फ प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो चरणको खेलमा खासै उत्साहजनक प्रदर्शन गर्न नसकेका मोक्तानले आज प्रदर्शन सुधार्ने अपेक्षा गरेका छन् ।

६४ खेलाडी सहभागि यो स्पर्धामा पहिलो चरणको खेलमा मोक्तान ६० औं स्थानमा आएका थिए । मोक्तानका प्रतिद्वन्द्वी अतनु दास भने वरियतामा पाँचौ स्थानमा छन् ।

आजै वेलुकी पौने ७ वजे जुडोकी खेलाडी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनीको तौल समूहमा खेल्दैछिन् । पहिलो चरणमा फुपुले क्यूवाकी खेलाडी मारिसेट ईस्पीनोजासँग खेल्दैछिन् ।

यो स्पर्धाको प्रारम्भिकदेखि फाईनल चरणसम्मका खेल आजै हुनेछन् । १२ औं सागमा जुडोतर्फ नेपाललाई स्वर्ण पदक दिलाएकी फुपुले ओलम्पिक तयारीको लागि हंगेरीमा ६ महिना प्रशिक्षण लिएकी थिईन् ।

आजै राति पौडी खेलाडी शिरीष गुरुङले पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । दोस्रो हिटमा रहेका शिरिषको खेल पौने १० वजे सुरु हुनेछ ।

शिरिषले पनि आप्mनो नाममा रहेको ५८ दशमलव दुई दुई सेकेण्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्य राखेका छन् । यसअघि आइतबार रातिको खेलमा अर्की पौडी खेलाडी गौरीका सिंहले भने सामान्य प्रदर्शन गर्दै आफ्नो कीर्तिमानमा समेत सुधार गर्न सकिनन् ।

रियो ओलम्पिकमा आजका खेलपछि अरु तीन नेपाली खेलाडीको खेल बाँकी छ । नेपालबाट एथ्लेटिक्सका हरी रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोकी निशा रावलको खेल बाँकी छ ।