
नवलपरासी, असार २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५९४६ नम्बरको ट्रक राजमार्ग छेउमा बिग्रिएर रोकिराखेको ना७ख २०८० नम्बरको ट्रकमा ठोक्किँदा ना५ख ५९४६ नम्बरको ट्रकमा सवार यात्रु घाइते भएका हुन् ।
घाइतेको स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्