११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पाकिस्तानमा अस्पतालमै बम आक्रमण, ५३ जना मारिए, वकिलमात्रै १८ जना परे (फोटोफिचर)


0
Shares

अपडेट
काठमाडौं, साउन २४ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा सोमबार बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ ।

मारिनेमा कम्तिमा १८ जना वकिल रहेका छन् । विस्फोटमा पत्रकारहरुकोसमेत मृत्यु भएको छ ।

सोमबारै हत्या गरिएका बलुचिस्तान बार एसोसियसनका अध्यक्ष बिलाल अन्वर कासीको शव अस्पताल ल्याइएकाबेला आकस्मिक विभागमै आक्रमण भएको थियो । कासीको क्वेटाको मुख्य अदालत जाँदै गर्दा हत्या भएको थियो ।

विस्फोटमा अरु दर्जनौं घाइते भएका छन् । घाइते हुनेहरुमा वकिलको संख्या धेरै छ । विस्फोट गर्नुअघि आक्रमणकारीले गोलीसमेत चलाएको बताइएको छ ।

आक्रमणकारीको पहिचान हुन नसकेपनि आत्मघाती आक्रमणकारीले विस्फोट गराएको त्यहाँको प्रहरीको अनुमान छ ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विस्फोटको निन्दा गरेका छन् । (एजेन्सी)