
काठमाडौं, साउन २४ । मेक्सिकोमा आँधीमा परी ३८ जनाको मृत्यु भएको छ । अर्ल नाम दिइएको उष्णकटिबन्धीय आँधीका कारण बाढी र पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
देशको पूर्वी तटीय क्षेत्रमा बढी असर पुर्याएको छ । प्यूएबला प्रान्त र वेराक्रूज प्रान्तका दूर्गम गाउँहरुमा पहिरो जाँदा थुप्रैं घर पुरिएका छन् । आँधीकै कारण ठूलो मात्रामा पानी परेको र नदीहरुमा बाढी आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्