१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


रियो ओलम्पिकमा चीन शिर्ष स्थानमा


0
Shares

काठमाडौं, साउन २४ । रियो ओलम्पिकको तेस्रो दिनसम्म पदक तालिकामा चीन शिर्ष स्थानमा छ । चीनले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ ।

दोस्रो स्थानको अष्ट्रेलियाले पनि तीन स्वर्ण र २ कास्य पदक जितेको छ । ईटाली, दक्षिण कोरिया र हंगेरीले दुई दुई वटा स्वर्ण पदक जितेका छन् ।

अमेरिका, रुस, जापान, चाईनिज ताईपेई, थाईल्याण्ड, अर्जेन्टिना, बेल्जियम, कोसोभो, नेदरल्याण्ड्स र भियतनामले एक एकवटा स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा आज डाईभिङ, फेन्सिङ, जिम्न्याष्टिक, जुडो, रग्बी सेभेन, शुटिङ, पौडी र भारत्तोलनका स्वर्ण पदकका खेलहरु हुनेछन् ।