१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


वर्षा र आँधीबाट कम्तीमा २० जनाको मृत्यु


0
Shares

म्यासेडोनिया, साउन २३ । म्यासेडोनियाको राजधानी कोप्जेमा रातभर परेको भारी वर्षा र आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार ६ जना हराइरहेका छन् ।

मारिनेमा केहीको शव कारले थिचिएको अवस्थामा समेत भेटिएको छ । ठूलो संख्यामा मानिसहरु घाईते भएका छन् ।

शहरको रिङ रोड बाढीको मारमा परेको छ । कोप्जेका मेयर कोभले यसलाई विपत्ती भन्दै आफुहरुले यस्तो कहिल्यै नभोगेको बताएका छन् ।

पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ । पानी अझै ठूलो पर्ने मौसमविद्हरुको अनुमान छ । (एजेन्सी)