१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेपाल र भारतका सुरक्षाकर्मीले गरे म्याराथन दौड, उपाधि दुवैतर्फ बराबरी


0
Shares

कञ्चनपुर, साउन २३ । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा कञ्चनपुरमा नेपाल–भारत मैत्री हाफ म्याराथन दौड आयोजना गरिएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा दौड आयोजना गरेका हुन ।

छिमेकी मुलुकबीचको सम्बन्ध र सीमा क्षेत्रमा बस्ने आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बलका डिआजी राजेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ एपीएफ क्लबकी कान्छीमाया तामाङ प्रथम भएकी छिन् भने पुरुषतर्फ भारतका कालिदास लक्ष्मण प्रथम भए ।

प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

२१ किलोमिटर दुरी रहेको प्रतियोगितामा महिला र पुरुष गरी ९ सय १० जनाको सहभागीता रहेको थियो ।