१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


इरानको परमाणुबारे महत्वपूर्ण जानकारी राख्ने बैज्ञानिकलाई फाँसी


0
Shares

काठमाडौं, साउन २३ । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिईएको छ ।

सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा भएको थियो ।

अमेरिकी हिरासतबाट एक बर्षपछि भाग्न सफल अमीरीलाई तेहरान फर्कने बित्तिकै इरानी सुरक्षाकर्मीले हिरासतमा लिएको उनको परिवारको दाबी छ

अमीरीले इरानको परमाणु कार्यक्रमबारे अमेरिकालाई सूचना दिएको अमेरिकी अधिकारीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएपछि उनलाई हिरासतमा लिइएको थियो ।

हिरासतमा रहेका उनलाई फाँसी दिई शव परिवारको जिम्मा लगाएपछि उनलाई मृत्युदण्ड दिएको खुलेको हो । (एजेन्सी)