
काठमाडौं, साउन २२ । सिरियामा अमेरिकी सहयोग पाएका कुर्दिस र अरब लडाकूहरुले इस्लामिक अतिवादी समूह ‘आइएस’को नियन्त्रणमा रहेको महत्वपूर्ण सहर कब्जामा लिएका छन् ।
यसक्रममा पछिल्लो समय दुई वर्षदेखि आइएसको नियन्त्रणमा रहेको मन्बिज सहर उनीहरुबाट मुक्त भएको जनाइएको छ ।
सहर नियन्त्रणमा लिनेक्रममा थोरै संख्यामा रहेका आइएस लडाकूले अवरोध गर्दै मानवढालकोसमेत प्रयोग गरेका छन् ।
आइएसविरुद्धको कारबाहीमा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्ने गरेको छ ।
यता, एलेप्पोमा रहेको सरकारी नियन्त्रण तोड्ने प्रयासमा आइएस लडाकूले संघर्ष चलाइरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्