२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


‘सुन्दर नेपाल’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २२ । शाश्वत घिमिरेद्वारा लिखित ‘सुन्दर नेपाल’ नामक पुस्तक विमोचन गरिएको छ ।

प्रज्ञा परिषद्का उपकूलपति विष्णुविभु घिमिरेले शनिबार राजधानीमा गरिएको कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा लेखक शाश्वतले बालमस्तिष्कमा भएका भोगाइबारे आफ्नो अनुभवलाई पुस्तकमा समेटेका छन् ।

उनले साना–साना क्षण र केही ठूला विचारलाई एकै लहरमा कवितामार्फत् दर्शाएका छन् ।

शाश्वतले कवितामात्र नभइ चित्रकलामा पनि आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।