१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


दक्षिणी सूडान थप राष्ट्रसंघीय शान्ति सेना भित्र्याउन सहमत


0
Shares

काठमाडौं, साउन २२ । दक्षिणी सूडानले आफ्नो देशमा थप राष्ट्रसंघीय शान्ति सेना भित्र्याउन सहमति दिएको छ ।

हालै भएको शान्ति सहमतिको पालना गराउनका लागि थप अन्तर्राष्ट्रिय शान्ति सेना भित्र्याउन सहमति दिइएको त्यहाँको सरकारले जनाएको छ । गएको महिना मात्र भएको जातीय द्वन्द्वमा तीन सय मानिस मारिएका थिए ।

जबकी त्यहाँ कार्यरत १२ हजार शान्ति सेनाले पनि यो हिंसा रोक्न सकेका थिएनन् । त्यहाँ फेरि हिंसा भड्किएमा अरु हजारौं मारिन सक्ने आशंका गरिएको छ । यो सुरक्षा बल कहिलेबाट थपिनेछ भन्ने चाहीं खुलाइएको छैन ।

यस प्रस्तावको पक्षमा अफ्रिकन युनियन रहेको छ । यद्यपि, राष्ट्रपति साल्भा कीर यसरी अन्तर्राष्ट्रिय बल भित्र्याउन विपक्षमा थिए

नयाँ थपिने फोर्सलाई पहिलेकोभन्दा पनि बढी अधिकार दिइनुपर्ने लबिङ पनि भइरहेको छ । विपक्षी रीक मचार र राष्ट्रपतिप्रति वफादार सेनाबीचको हिंसाका कारण सूडानमा बारम्बार अनाहकमा सर्वसाधारण मारिइरहेका छन् । (एजेन्सी)