
काठमाडौं, साउन २१ । साहित्यकार गुणराज लुइँटेलद्वारा रचित कविताहरुको संग्रह ‘जलेको मन’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले सो कविता संग्रह सार्वजनिक गरेका हुन् ।
कवितासंग्रहमा विभिन्न विषयका ९५ ओटा कविता समावेश छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले ‘विदेशमा रहेका नेपालीहरुले पनि कला र साहित्यको माध्यमबाट देशलाई चिनाउने काम गर्नु अत्यन्तै सकात्मक हो’–भने ।
हाल अमेरिकामा बस्दै आएका लुइँटेलले पत्रकारिता पेशामा आवद्ध थिए ।
प्रतिक्रिया दिनुहोस्