
काठमाडौं, वैशाख ५ । विश्वको सबैभन्दा ठूलो भिडियो रिभ्यु पोर्टलको नेपालमा पनि औपचारिक सुरुआत गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी पोर्टलको शुभारम्भ गरिएको हो ।
रिभ्यु क्लिप भिडियो हेर्न सकिने र स्टोर गर्न सकिने एप र पोर्टल हो । यस एपमा सजिलैसँग भिडियो राख्न र हेर्न सकिने सुविधा रहेको छ ।
रिभ्यु क्लिप पहिलोपटक कतारमा सुरु भएको थियो भने अहिले भारत, कतार, केन्या, बंगलादेश, सिंगापुर र मलेसियामा सुरु भइसकेको डीजी क्लिपका प्रमुख कार्यकारी निर्देशक कोनान शंकरनले बताए ।
प्रतिक्रिया दिनुहोस्