
काठमाडौं, साउन २१ । ‘अष्ट्रेलियामा पानीजहाजमा काम लगाइदिने’ भन्दै ७६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ललितपुर, नखिपोट बस्ने राजन गुरुङ छन् ।
उनले अष्ट्रेलियामा काम लगाइदिने भनेर अनलाइन विज्ञापन गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार न्यायाधीकरणले २०७२ सालमै गुरुङलाई ६ वर्ष ९ महिना कैद र ६ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका गुरुङलाईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार नखिपोटबाट पक्राउ गरेको हो ।
गुरुङलाई शुक्रबारै ललितपुर जिल्ला अदालतको आदेशमा कारागार पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्