
इटाली, साउन २१ । इटालीको एक विमानस्थलमा एउटा विमान धावनमार्गबाट व्यस्त सडकमा आइपुगेको छ ।
अवतरणका क्रममा विमान धावनमार्ग छाडेर सडकमा आएको अधिकारीहरुले जनाएका छन् ।
एएसएल एअरलाइन्सको कार्गो विमान बेर्गामो विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटनाबाट विमानमा सामान्य क्षति भएको जनाइएको छ । मानवीय क्षति भने हुन नपाएको अधिकारीहरुको भनाइ छ ।
पेरिसबाट आएको सो विमान खराब मौसमका कारण स्थानीय समयअनुसार बिहान ४ बजे अवतरणका क्रममा धावनमार्ग छाडेर सडकमा पुगेको हो ।
सो घटनालगत्तै केहीबेरका लागि विमानस्थल बन्द गरिएको थियो । बिहान करिब सातबजेबाट विमानस्थलमा उडान र अवतरण सुचारु गरिएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्