१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


इरानमा २० कैदीलाई झुन्ड्याएर मृत्युदन्ड दिइयो


0
Shares

काठमाडौं, साउन २० । इरानमा सशस्त्र आक्रमणमा संलग्न भएको अभियोगमा २० सुन्नी मुस्लिम कैदीलाई झुन्ड्याएर मृत्युदन्ड दिइएको छ ।

इरानको सरकारी सन्चारमाध्यमले उनीहरु सन् २००९ देखि २०११ काबीच महिला र बालबालिका हत्यामा जिम्मेवार रहेकाले मृत्युदन्ड दिइएको जनाएको छ ।

मृत्युदन्ड दिइनुअघि कसैलाई पनि परिवारसँग भेट गर्न नदिइएको बताइएको छ ।

शियाको बाहुल्य रहेको इरानमा गत वर्ष कम्तिमा ९ सय ७७ जनालाई मृत्युदन्ड दिइएको ‘एम्नेष्टी’ले जनाएको छ ।

अधिकारकर्मीहरुले सुनुवाइ निष्पक्ष नभएको भन्दै मृत्युदन्डको सजायको विरोध गर्ने गरेका छन् । (एजेन्सी)