१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


अमेरिकाद्धारा पाकिस्तानलाई दिँदै आएको ३० करोड सहयोगमा रोक


0
Shares

काठमाडौं, साउन २० । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको ३० करोड अमेरिकी डलर बराबरको सैनिक सहयोग रकममा रोक लगाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएअनुसार पाकिस्तानले विद्रोही समूह हक्कानी नेटवर्कलाई सहयोग गरेको आरोपमा सैनिक सहयोग रकम रोक्ने निर्णय गरेको हो ।

रक्षामन्त्री ऐसले कार्टरले पाकिस्तानले आतंकवाद नियन्त्रणमा त्यति ध्यान नदिएर बिद्रोहीलाई पश्रय दिएको भन्दै सहयोग रकममा रोक लगाइएको बताएका छन् ।

अमेरिकाले पाकिस्तानलाई सन् २००२ देखि आतंकवादबिरुद्ध कारबाहीका लागि पाकिस्तानलाई आर्थिक सहयोग दिँदै आएको थियो ।

जुन रकम सन् २०१५ सम्ममा एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने बचन दिएको थियो । जसमा ७० करोड अमेरिकी डलर उपलब्ध गराइसकेको र ३० करोड मात्रै दिन बाँकी थियो ।

यसअघि अमेरिकाले पाकिस्तानले खरिद गर्ने भनिएको एफ–सिक्सटिन बिमानमा पनि रोक लगाएको थियो । यता पाकिस्तानले भने अमेरिकी कदमप्रति कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)