१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लन्डनमा छुरा आक्रमणमा एकजनाको मृत्यु, पाँचजना घाइते


0
Shares

लन्डन, साउन २० । बेलायतको राजधानी लन्डनमा एकजनाले अन्दाधुन्द छुरा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेहरुको अवस्थाबारे थप जानकारी आएको छैन ।

प्रहरीले सो घटनालाई आतंकवादी गतिविधिसँग जोडेर अनुसन्धान थालेको छ ।

स्थानीय समयअनुसार बुधबार राति १०ः३० बजे प्रहरीलाई घटनालगत्तै फोनबाट सूचना दिइएको थियो । घटनास्थलमा आइपुगेको टोलीले एक युवालाई गिरफ्तार गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)