१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


अमेरिकामा इतिहासमै सबैभन्दा बढी कैदी एकसाथ रिहा


0
Shares

काठमाडौं, साउन २० । अमेरिकी इतिहासमै सबैभन्दा बढी कैदी बन्दीलाई एक साथ रिहा गरिएको छ ।

राष्ट्रपति बाराक ओबामाले २१४ कैदीको सजायँ माफ गरेका हुन् । ओबामाले अहिलेसम्म ५६२ कैदीको सजायँ माफ गरिसक्नु भएको पनि जनाइएको छ ।

पछिल्लो सय वर्षको इतिहासमा कुनै राष्ट्रपतिले यति धेरै संख्यामा एक साथ कैद माफी गरेको यो पहिलो घटना भएको ह्वाइहाउसले जनाएको हो ।

लागू औषधसँग सम्बन्धित मुद्दामा कैद परेकाहरुको कैद माफी गरिएको हो । जसमध्ये ६७ जना त आजीवन कैद भोगिरहेका थिए ।

पछिल्ला ९ राष्ट्रपतिले आफ्ना कार्यकालमा जति जनालाई सजायँ माफी दिएका थिए आफूले त्योभन्दा पनि बढीलाई माफी दिएको ओबामाले उल्लेख गरेका छन् । (एजेन्सी)