१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने


0
Shares

काठमाडौं, साउन २० । रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ ।

ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका झण्डै ११ हजार खेलाडी सहभागी हुँदैछन् ।

रियो ओलम्पिकका लागि खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी रहँदा चार वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकको रणनीतिक तयारी समेत सुरु गरिएको छ ।

रियो ओलम्पिकको औपचारिक सुरुवात हुनुभन्दा दुई दिन अघि ब्राजिलमै बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि ५ वटा नयाँ खेल थप्ने निर्णय गरेको हो ।

यसरी थपिने खेलहरुमा कराते, सर्फीङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सफट्बल वा बेसमलमध्ये एक हुनेछन् ।

यी खेललाई ओलम्पिकमा प्रवेश दिन यसअघि नै सहमति भए पनि औपचारिक निर्णय भने गरिएको थिएन । यी ५ वटा नयाँ खेल थपिए पनि टोकियो ओलम्पिकका लागि यसअघि तय गरिएका २८ खेल घटाईनेछैन । (एजेन्सी)