
पाँचथर, असार २६ । पाँचथरको याङ्वरक गाउँपालिका ३ स्थित चैतेभीरमा मंगलबार विहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा च्याङथापुका ३५ वर्षीय कैलाश अधिकारी रहेका छन् । दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।
याङवरक गाउँपालिकाबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २०५१ नम्वरको जीप विहान ८ वजे याङवरक–३, चैतेभीरबाट खसेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको कच्ची सडकको बाटोमा जीप चिप्लीएर २ सय ५० मिटर तल खसेको बताइएको छ ।
घाइते ९ मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उद्वार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जीपमा १० जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस्