१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


दाहाल प्रधानमन्त्री भएकोमा खुशीयाली मनाइरहँदा एक युवाले ‘देशद्रोही’ भनेपछि…


0
Shares

काठमाडौं, साउन २० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।

खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।

करिब ५० जनाको हाराहारीका केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थाले ।

माओवादीको वाहीवाही र जिन्दावाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे ।

कार्यक्रममा सहभागीले ती युवालाई पिट्न थाले । लगत्तै प्रहरीले हस्तक्षेप गरेर माइतीघर नजिकै सैनिक मुख्यालयको कम्पाउन्डभित्र युवालाई पुर्‍यायो । ती युवा थिए, स्यूचाटार निवासी श्याम खत्री ।

प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप खत्रीले लगाएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट