१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


उपत्यकामा ट्यांकरको पानीले हैजा


0
Shares

काठमाडौं, साउन २० । ट्यांकरबाट वितरण गरिएको अत्यधिक दुषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ ।

विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारक दिसा मिश्रित प्रदुषित पानी ‘कोलिफर्म’ भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमूना दिसा मिश्रित प्रदुषित भएको फेला परेको हो ।

महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र हप्किन्स विश्वविद्यालयबाट खटिएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको ९६ वटा पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिफर्म पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट