१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


यी हुन् नेदरल्यान्ड्सविरुद्ध भिड्ने नेपाली क्रिकेट खेलाडी


0
Shares

                                                          फाइल फोटो

काठमाडौं, साउन १९। आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन् ।

त्यस्तै, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन् ।

नेपालले यही साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा नेदरल्यान्ड्ससँग दुई खेल खेल्नेछ ।

नेपाल क्रिकेट संघ निलम्बन परेको अवस्थामा आइसीसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो । रासस