
कैलाली, साउन १९ । कैलालीको धनगढीमा सञ्चालित अधिकांश प्याथोलोजीहरु गैरकानुनी भएको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अधिकांश प्याथोलोजी गैरकानुनी रुपमा सञ्चालित भएको फेला परेको हो ।
अनुगमन टोलीले १२ वटा प्याथोलोजीको अनुगमन गर्दा ३ वटा मात्रै सबै प्रक्रिया पुर्याएर सञ्चालन गरेको पाइएको हो ।
बाँकी प्याथोलोजी विना अनुमति सञ्चालनमा रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले जानकारी दिए ।
अस्पतालको नाममा दर्ता भएका तर अनुमति नै नलिएर ल्याब सञ्चालन गरिरहेकाहरुमा रघु मेडिकल, कृष्ण मेडिकल, अनिरुद्र मेडिकल र भुवनेश्वरी औषधि पसल छन् ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नै नलिई सेती रिलायवल ल्याब, सिद्धनाथ प्याथोलोजी, मनकामना प्याथोलोजी, बागेश्वरी प्याथोलोजी र कामना प्याथोलिजी सञ्चालन भइरहेको पाइएको छ ।
गैरकानुनीरुपमा सञ्चालित प्याथोलोजीहरुमाथि कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्