१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सिरियामा हेलिकोप्टरबाट फालियो क्लोरिन ग्यास, ३० जना प्रभावित


0
Shares

काठमाडौं, साउन १९ । सिरियाको सराकेब शहरमा हेलिकोप्टरबाट फालिएको क्लोरिन ग्यासका कारण ३० जना प्रभावित भएका छन् ।

बिद्रोही सेनाले रुसी हेलिकोप्टर खसालेकै ठाउँमा फालिएको क्लोरिन ग्यासबाट प्रभावित हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । प्रभावितहरुलाई श्वास प्रश्वासमा समस्या हुनुका साथै मुखबाट रगत आउनेसम्मको लक्षण देखा परेको छ ।

प्रभावितहरुको अवस्था निकै नाजुक भएको बताइएको छ । क्लोरिन ग्यास कसले र किन फाल्यो भन्ने पुष्टी भएको छै्न ।

यसैबीच सिरियास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार संस्थाले भने यस प्रकारको आक्रमण निकै नै निन्दनीय भएको भन्दै जिम्मेवार जो कोहीलाई पनि कडा कारबाही गर्नुपर्ने माग गरेको छ । (एजेन्सी)