१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य छन् : ओबामा


0
Shares

काठमाडौं, साउन १९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य भएको दाबी गरेका छन् ।

राष्ट्रपति ओबामाले ट्रम्पको रिपब्लिकन पार्टीले अहिलेसम्म अरबपति व्यापारीलाई किन समर्थन गरिरहेको छ भन्ने प्रश्नसमेत गरे ।

ट्रम्पलाई समर्थन गरेकोमा आफू अचम्मित भएको भन्दै ओबामाले उनी राष्ट्रपति हुनै नसक्ने दाबी गरे ।

ट्रम्पसँग संसारकै शक्तिशाली पदमा बसेर काम गर्ने क्षमता र स्वभाव नभएको उनको भनाइ थियो ।(एजेन्सी)