
काठमाडौं, वैशाख ६ । १२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथालेखन प्रतियोगितामा बिना थिङ तामाङ प्रथम भएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नगद एक लाख रुपैयाँसहित तामाङलाई पुरस्कृत गरे ।
यस्तै, प्रतियोगितामा लक्ष्मण वियोगी दोस्रो भएका छन् भने सुमित्रा न्यौपाने तेस्रो भएकी छन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० र ४० हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले हिंसाबाट शान्तिपूर्ण बाटोतर्फ नेपाल उन्मुख भइसकेको भन्दै समाजलाई सकारात्मक दिशा दिने सिर्जनाहरु तयार गर्न सर्जकहरुसँग आग्रह गरे ।
कला र साहित्यले नै समाजलाई जीवन्त राख्ने उनको भनाइ थियो ।
प्रतियोगिताका लागि प्राप्त ९०० कथाहरुमध्येबाट उत्कृष्ट २५ को संकलन प्रकाशित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्