
काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक यही साउन ३२ गतेलाई डाकिएकोे छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको उपलब्ध पदाधिकारी बैठकले १४ दिने म्याद राखेर ३२ गते कार्यसमिति बैठक बोलाएको हो ।
एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले साधारणसभाको मिति निर्धारण र अध्यक्षको चुनावको एजेन्डा राखेर कार्यसमिति बैठक बोलाइएको जनाए ।
एन्फामा गणेश थापाको बहिर्गमनपछि अध्यक्षको चुनाव हुन सकेको छैन ।
पुनर्बहाली भएका एन्फाका चार पदाधिकारीले पनि साधारणसभाको माग गर्दै आएका थिए ।
साधारणसभा गर्न बाटो खुलेको भन्दै पुनर्बहाली भएका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निर्णयको स्वागत् गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्