२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


महावीर पुनले मिडिया र सामाजिक सन्जालमामात्रै बोले : सन्चारमन्त्री


0
Shares

काठमाडौं, साउन १८ । सन्चारमन्त्री शेरधन राईले ग्रामीण सन्चारको क्षेत्रमा काम गर्दै आएका महावीर पुनले सरकारसमक्ष अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको विषयमा कुनैपनि प्रस्ताव नल्याएको बताएका छन् ।

सन्चार मन्त्रालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा मन्त्री राईले मिडिया र सामाजिक सन्जालमामात्रै सो विषयमा चर्चा भइरहेको भन्दै औपचारिकरुपमा कुनैपनि प्रस्ताव सरकारमा नआएको स्पस्ट पारे ।

आफू व्यवस्थापिका–संसदको सुशासन समितिको सभापति हुँदादेखि नै पुनको कामको विषयमा खोजी गरेको भन्दै उनले ‘व्यवस्थित तरिकाले प्रस्ताव आएको भए सरकारले सम्बोधन गर्ने थियो’–भने ।

‘बरु पुनले व्यक्तिगत्रुपमा म्याग्दीमा इन्टरनेट फ्रिक्वेन्सीको दस्तुर छुट गर्न सन्चार मन्त्रालयमा प्रस्ताव ल्याएको र उक्त छुट दिन कानुनीरुपले नमिल्ने’ पनि उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा मन्त्री राईले आफ्नो ९ महिने कार्यकालको प्रगति–विवरण पनि सार्वजनिक गरे ।

यस अवधिमा २२ ओटा सूचनासम्बन्धी र ६ ओटा दूरसन्चार प्रविधिसम्बन्धी महत्वपूर्ण निर्णय गरेको उनले बताए ।