१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डोनाल्ड ट्रम्पले भने: हिलारी क्लिन्टन सैतान हुन्


0
Shares

काठमाडौं, साउन १८ । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनलाई सैतानको संज्ञा दिएका छन् ।

पेन्सेल्भेनियामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले क्लिन्टन सैतान हुन् भने । उनले बर्नी स्यान्डर्सले सैतानसँग सम्झौता गरेको आरोपसमेत लगाए ।

स्यान्डर्सले आफ्नो उम्मेदवारी फिर्ता लिंदै अन्तिम समयमा क्लिन्टनलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

यसैबीच ट्रम्पले इराकमा मारिएका अमेरिकी मुस्लिम सेनाका आमाबाबुविरुद्ध गरेको टिप्पणीको डेमोक्रेटिक र रिपब्लिकनका नेताहरुले निन्दा गरेका छन् ।

उनीहरुले देशका लागि ज्यानको आहुति दिएको नागरिकले कुनै बलिदान नदिएको भन्नु घोर अपमान हो भन्दै ट्रम्पको आलोचना गरेका छन् ।

ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्ने बताउदै आएका छन् । (एजेन्सी)