
काठमाडौं, साउन १७ । काठमाडौं र ललितपुरको विभिन्न स्थानमा दिउँसै चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुख्य योजनाकार सिन्धुपाल्चोकका गणेश तामाङ, दोलखाका वीरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोकका दीपक माझी र भारतीय नागरिक धनञ्जय सेन्डी रहेका छन् ।
प्रहरी वृत स्वयम्भूले सोमबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सुन तथा चाँदीका गहना बरामद भएको र त्यसमध्ये ३७ तोलाभन्दा बढी सुनका गहना र साढे ३ किलोभन्दा बढीका चादीको गहना तथा तीनओटा मोटरसाइकल र २ लाख नगद रहेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले नार्गाजुन, रानीवन र ललितपुरका नयाँबस्तीहरुमा दिउँसोको समयमा चोरी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
चोरीकाक्रममा फेलापरेको सुन गालेर आफूहरुले प्रयोग गर्ने तथा भारतीय नागरिक सेन्डीमार्फत् बेच्ने गरेको पनि प्रहरीले जनाएको छ ।
यसैबीच, महानगरीय प्रहरी परिसर ललितपुरले जथाभावी फोहोर फाल्नेहरुविरुद्ध अभियान सन्चालन गरेको जनाएको छ ।
यस अभियानअन्तर्गत् २५ जना पक्राउ परेको पनि ललितपुर प्रहरीले जनाएको छ ।
जथाभावी फोहोर फालेको आरोपमा पक्राउ परेकाहरुलाई उपमहानगरपालिकालाई बुझाउने गरिएको ललितपुर प्रहरीका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्