१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टर्कीका राष्ट्रपतिको समर्थनमा जर्मनीमा विशाल र्‍याली


0
Shares

काठमाडौं, साउन १७ । जर्मनीको कोलोन शहरमा टर्किस राष्ट्रपति रिसेप तैयप अर्दोगानको समर्थनमा विशाल र्‍याली निस्किएको छ ।

दुई मुलुकबीच राजनीतिक तनाब बढिरहेको बेला दशौं हजारले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३५ हजारभन्दा बढीको सहभागिता रहेको जर्मनीका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अर्दोगानले दुई हप्ताअघि टर्कीमा भएको विफल ‘कू’ का बारेमा कोलोनमा लिखित सम्बोधन गरेका थिए । तर जर्मनीको संवैधानिक अदालतले अर्दोगानको भाषणको प्रसारणमाथि रोक लगाएको थियो ।

तर जर्मनीले भने यसको उचित जवाफ भने दिन सकेको छैन । जर्मनीमा टर्कीस मूलका ३० लाख मानिस रहेको अनुमान गरिएको छ । यिनीहरु मध्ये धेरैले अघिल्लो चुनावमा अर्दोेगानलाई मत दिएका थिए ।(एजेन्सी)