२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


एक हजार सातवटा रोबोटले एक साथ नाचेर बनाए विश्व कीर्तिमान


0
Shares

बेइजिङ, साउन १७ । चीनमा एक हजार सातवटा रोबोटले एकसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका छन् ।

चीनको शानदोङ्ग सहरमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा रोबोटको सामूहिक नृत्य प्रदर्शन गरिएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेट नृत्य गरेका थिए ।

४३.८ सेन्टीमिटर लम्बाईका रोबोटलाई नृत्यमा समावेश गरिएको थियो ।

यसअघि ५४० रोबोटले सामूहिक नृत्य गरेर विश्वकीर्तिमान कायम गरेका थिए । चीन कै शेङझेनमा ५४० रोबोटले बनाएको कीर्तिमानलाई शानदोङ्गमा भएको कार्यक्रममा एक हजार सात रोबोटले तोडेका हुन् । (एजेन्सी)