
काठमाडौं, साउन १७ । प्रेमिकाको विषयमा विवाद हुँदा भएको ‘ग्याङ फाइट’ मा एक युवकले ज्यान गुमाएका छन् । क्षेत्रपाटीका १८ वर्षीय किशोर सुशान्त श्रेष्ठको आइतबार उपचारका क्रममा काठमाडौं अस्पतालमा मृत्यु भएको हो ।
सुशान्तलाई ८ साउनमा क्षेत्रपाटी मै सौरभ श्रेष्ठको समूहले कुटपिट गरी घाइते बनाएको थियो । प्रेमिकाको विषयमा सुशान्त र सौरभबीच झगडा भएको थियो ।
सौरभसँग सम्बन्ध टुटेपछि उनकी प्रेमिका सुशान्तसँगको सम्पर्कमा पुगेकी थिइन् । विवादले उग्ररुप लिएपछि उनीहरु कुटपिटमै उत्रिएका थिए ।
सुशान्तलाई आक्रमण गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्