
सहनु ,सहनु अति नसहनु । नेपाली भाषामा यस्ता कैयन उखान छन् , जसले नेपालीका जीवनमा सोझै प्रभाव पार्ने गर्दछन् । नेपाली नागरिकको पहिलो पहिचान भनेकै सहनशीलता हो । सहनु नेपालीको नियती नै बनिसकेको छ । सहनुको हद कति हुन्छ । सहनु केका लागि । सहनु कसका लागि । सहनु किन देशसँग नजोडिएपछि । सहनु किन आफ्नै जीवनसँग अर्थ नबोकेपछि । सहनु किन ?
२०४६ अघि शासकले र पछि राजनीतिक दलहरुले नागरिकमाथि अति अति अति नै गरे । ग्रिरहेका छन् । जनताका नाममा राजनीतिको भाषण गरेर कहिल्यै नथाक्ने नेताहरु जब सत्तामा पुग्छन् तब नागरिक भन्ने शब्दै पनि उनीहरुलाई कोक्याउन थाल्छ । सत्तामा पुगेपछि वा सत्ता नजिक भएपछि दलहरु यसरी कार्यकर्तामुखी बन्छन् कि यो देश भनेकै उनीहरुकै कार्यकर्ताले मात्र भरिएको छ । मुठ्ठीभरका व्यक्तिले मात्र यो देशमा हासेर बाँच्ने हो भन्ने आत्मघाती भ्रम पालेर बाच्ने गरेका छन् दलहरु ।
२०६२÷६३ को राजनीतिक परिवर्तन पछि दलहरुमा अतिवाद चुलिएको छ । आफु बाहेक कसैको अस्तित्व स्वीकार नगर्ने मनोवृत्तिले नेपाली राजनीतिलाई नराम्रोसँग गाजेको छ । समय समयमा देखिने अतिवादविरुद्ध उर्लिएको नागरिकको सुनामीको इतिहास हाम्रसामु ताजै छ । जव नागरिक जागे के भएन यहाँ ? राणा शासन ढल्यो । पञ्चायत च्यातियो । माओवादीका बन्दुक थन्किए । राजतन्त्र उन्मूलन भयो । धेरै कुरा फेरियो ।
तर, दुर्भाग्य प्रवृत्ति फेरिएन । नागरिककासामु पीडा बाहेक केही छैन । हामी नागरिक अभाबले पिल्सिएका छौ । महंगीले माटो बनेका छौ । मर्न नसकेर मात्र बाचेको अबस्थामा हामी छौ । सबै नेताहरु मुलुकमा व्यापार गरिरहेका छन् । टाठा बाठाहरु व्यापारी दलहरुलाई सक्दो सघाएर कमिशन बुझिरहेका छन ्। जमघटमा देश खत्तम भएको फत्तुर ओकलेर आफ्ना दुश्कर्म ढाकछोप गर्नमै व्यस्त छन् हाम्रा अगुवाहरु ।
अतिको पराकाष्ठाको कालो छायाँले हामीलाई दिन दिनै निल्दै छ । मर्नुभन्दा बहुलाउनु निको भन्ने नेपाली उखान फेरि नागरिकको मनमा उर्लिन थालेको छ । दलहरुको अति कहिलेसम्म सहने साधारण नागरिकहरुमा यस्ता प्रश्नको वहस हुन थालेको छ । नागरिकको आक्रोश दिन दिनै चुलिदो छ । अहिले देशभर रहेका एफएम रेडियो, टेलिभिजन र दैनिक पत्रपत्रिकादेखि फेसबुक, ब्लग, अनलाइन वा एसएमएसमा आउने नागरिकको अक्रोश असामान्य देखिन्छ । देश र भविष्यप्रति चिन्ता गर्नेहरुको यो ठूलो जमात दिनप्रतिदिन एकजुट बन्न खोज्दै छ ।
फेसबुकबाट उठ्दै गरेको नेतृत्वविहीन समुह जस्तै एफएम कार्यक्रमहरुमा बोलिरहने स्रोताको पनि निकै ठुलो समूह एकजुट बन्दैछ । जनचासो र जनसरोकारका विषयमाथि आफ्ना धारणा राख्दा दलहरुप्रति पोखिएको उनीहरुको अक्रोश अब सडकसम्म पोखिन लाग्दै छ । अहिले काडमाडौंमा भण्डै दुईसयका हाराहारीमा बिभिन्न तह र तप्काका एफएम रेडियोका स्रोताहरु संगठित भएर अगाडि बढ्दै छन् । कुनै पनि राजनीतिक दलहरुसँग आबद्ध नभएका नागरिकको यो समूहले मेरो देश नामक संस्था नै स्थापना गरेर दलहरुले देखाएको अर्कमण्यताप्रति खबरदारी गर्ने प्रयासमा जटेका छन् । साधारण नागरिकको अनियन्त्रित भिड सडकमा उर्लियो भने के होला नजरअन्दाज गर्न मिल्दैन ।
सामान्य नागरिकहरुबाट स्वतस्पूmर्त जन्मिएको आन्दोलनको रापताप कति वलशाली हुन्छ भन्ने दृष्टान्त यमन, लिविया र सिरियालगायतका मध्यपूर्व र पश्चिमा मुलुकलाई हेरे पुग्छ । त्यही गति भोग्ने कि सच्चिने हो, आगे नेताहरुकै मर्जी ।
प्रतिक्रिया दिनुहोस्