
विवेक खड्का (इमेज)
दाङ, असार २६ । दाङको तुलसीपुर बसपार्कमा बसले किच्दा मंगलबार एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
बसले किच्दा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर–३ निवासी अन्दाजी ५५ वर्षीय लक्षीराम विटालुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।
बसपार्कबाट सडकतर्फ आउँदै गरेको ना५ख ५७६८ नम्बरको बसले पैदलयात्री विटालुलाई किचेको प्रहरीले जनाएको छ ।
उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्