२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


फेसबुकको आम्दानीमा १८६ प्रतिशत बृद्धि


0
Shares

काठमाडौं, साउन १४ । फेसबुकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गत वर्षको तुलनामा १८६ प्रतिशत बढी आर्थिक बृद्धि गरेको छ ।

गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा १८६ प्रतिशतले आम्दानी बढेको जनाइएको हो । जारी तथ्यांक अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा फेसबुकले दुई सय करोड डलरको शुद्ध आम्दानी भएको छ । गत वर्ष सो अवधिमा ७१ करोड ९० लाख डलर आम्दानी भएको थियो ।

कम्पनीका मूख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले एक भिडियो सन्देशमा भनेका छन्, ‘यो त्रैमासिकमा हाम्रा कर्मचारी र हाम्रो कम्पनीले राम्रो प्रदर्शन गरेको छ, भिडियो क्षेत्रमा हामीले जुन प्रगति गरेका छौं, त्यसबाट म खुशी छु ।’ (एजेन्सी)