
काठमाडौं, साउन १३ । भाटभटेनी सुपरमार्केटले पौडी खेलाडी शिरीष गुरुङलाई ‘ब्रान्ड एम्बेसडर’ बनाएको छ ।
विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कीर्तिमानी पौडीबाज शिरीषले भाटभटेनीसँग एक वर्षे सम्झौता गरेका हुन् ।
सम्झौताबापत शिरीषले मासिक एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस अवधीमा उनले कीर्तिमान कायम गरे प्रतिकीर्तिमानबापत थप १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार शिरीषले एक वर्षको अवधीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा भाटभटेनी लेखिएको पोसाक लगाउनुपर्नेछ ।
साथै, भाटभटेनी सुपरमार्केटको विज्ञापनमा पनि उनी देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्