
काठमाडौं, साउन १३ । नेपाल स्क्वास राकेट्स संघले धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना गर्नेे भएको छ ।
आगामी साउन १७ देखि २२ गतेसम्म सातदोबाटास्थित संघको स्क्वास कोर्टमा प्रतियोगिता सन्चालन हुनेछ ।
६ दिने प्रतियोगितामा विभिन्न ६ विधामा ८० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।
विभिन्न विधामा विजेता हुने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्