११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


खेलकुदको विकासले सबै नेपालीलाई एकता गराउँछ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलकुृद क्षेत्रको विकासको लागि आवश्यक पहल गरिरहेको बताएका छन् ।

१२ औं दक्षिण एशीयाली खेलकुदमा पदक हासिल गर्ने खेलाडी र प्रशिक्षक तथा राष्ट्रिय संघहरुलाई आज बालुवाटारमा सम्मान गर्दै उनले खेलकूद क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताए ।

आर्थिक अभावका कारण नेपालमा खेल क्षेत्र पछाडि परेको भन्दै उनले खेलकुदको विकासले सबै नेपालीलाई एक हुन र विकासको बाटोमा अघि वढ्न सहयोग पुर्‍याउने पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बिभिन्न खेलमा पदक प्राप्त गर्न सफल खेलाडि र प्रशिक्षकहरुलाई सम्मान गरेका थिए ।